पूर्वप्राथमिक तह पूरा गरेका ९० जना विद्यार्थी दीक्षित

अखबार हब
२०८० चैत्र २७, मंगलवार १६:३८

मकवानपुर । हेटौंडाको नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो।

अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए ।

विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षता तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*