हेटौँडाकी समिक्षाले पाईन् जापानमा पूर्ण छात्राबृत्तिमा पढने अवसर

अखबार हब
२०८० चैत्र २३, शुक्रबार २१:३८

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ कि समिक्षा लामिछानेले जापानमा पूर्ण छात्राबृत्तिमा पढने अवसर पाएकी छिन् । उनलाई यो अवसर क्युसु मेडिकल भोकेशनल स्कुल जापानले दिएको हो ।

जापानको फुकोओकामा रहेको क्युसु मेडिकल भोकेशनल स्कुलले साकुरा आओका नर्सिङ कम्पनीको सहयोगर जापानमा रहेका हेटौँडामा सागर सापकोटा प्रमुख रहेको युनियस प्रालिको सहकार्यमा करिब ५० लाख नेपाली रुपैँया बराबरको छात्राबृत्ति सहित हेटौँडाकी लामिछाने जापान जाने भएकि हुन् ।

एक महिना अघिमात्र उक्त स्कुल र कम्पनीको प्रतिनिधिले हेटौँडा आएर हेटौँडा उपमहानगरपालिकासँग यहाँको १९ वटा वडाको कम्तिमा १९ जना जापनिज भाषा अध्ययन गरेका विद्यार्थीलाई पूर्ण छात्राबृत्तिमा लैजाने प्रतिवद्धता ब्यक्त गरेअनुसार पहिलो चरणमा लामिछानेलाई उक्त अवसर प्रदान गरिएको सापकोटाले बताए ।

आज हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पूर्ण छात्राबृत्ति प्राप्त गर्ने लामिछानेलाई वडाध्यक्ष शुसिल घिमिरेले शुभकामना ब्यक्त गरे । अहिलेको शिक्षा विश्वब्यापी भएको भन्दै घिमिरेले लामिछानेलाई अवसर प्रदान गर्ने जापनीज स्कुल, कम्पनी तथा सहकार्य गर्ने हेटौँडा ५ निवासी सापकोटालाई धन्यवाद समेत दिए । अनलाईन मार्फत वडाध्यक्ष घिमिरे स्कुल तथा कम्पनीको प्रमुखसँग कुराकानी समेत गरेका छन् ।

कुराकानीको क्रममा स्कुलका प्रिन्सिपल हिरोसुके ताकेमोतोले नेपाली विद्यार्थी मेहनती रहेको बताउँदै नेपालीहरुले जापानको भाषाको क्षेत्रमा उल्लेख्य उपलब्धी हाँसिल गरेको बताए । कुराकानीको क्रममा नर्सिङ कम्पनीका प्रमुख कोजी उचिनोले यहाँ आएका नेपालीहरु असाध्यै मेहनती र कामप्रति गम्भिर रहेको कारण आफुहरुले छात्राबृत्तिमा अवसर दिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*