मनहरीमा सालनालसहितको शिशु मृत फेला
मकवानपुर । मकवानपुरको मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
मंगलबार बिहान जिल्लाको मनहरी गाउँपालिका-७ रमौली बांगेटोलस्थित मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत फेला परेको हो ।
२/३ दिन अघि जन्मिएको जस्तो देखिने सालनाल सहितको नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत शिशुलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।







