भुटनदेवी माविको अध्यक्षमा सिग्देल

अखबार हब
२०८० चैत्र ६, मंगलवार १५:५९

मकवानपुर । हेटौंडा –४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समिति अध्यक्षमा नवीन सिग्देल चयन भएका छन् ।

गत फाल्गुन २४ गते सम्पन्न भएको ५७ औं अभिभावक भेलाले दिएको निष्कर्षबाट सिग्देल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्ण प्रसाद कँडेल, नारायण प्रसाद तिमल्सिना, राजेन्द्र बस्ताकोटि र राधिका चौंलागाई चयन भएका छन् ।

कार्यक्रममा समितिका अध्यक्ष सिग्देलले आफ्नो कार्यकालमा समग्र शिक्षाको गुणस्तरमा कुनै किसिमको सम्झौता नगरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

४ नम्बर वडा शैक्षिक अभियानमा लागिपरेको र भावी दिनमा उदारहणीय काम गरेर शैक्षिक क्षेत्रमा नगरभरीनै उल्लेख्य सुधार गर्ने उनले दावी गरेका छन् ।

साथै विद्यालयमा डेण्टी स्मृति कोषको स्थापना गरिने घोषणा गरीएको छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक डेण्टी जंग शाहको स्मृतिमा कोष स्थापना गरीन लागिएको आफ्नो कार्यकालको पहिलो बैठकमा अध्यक्ष सिग्देलले घोषणा गरेका हुन् ।

सुरुवातमा १० लाख रुपैँया रकम कोषमा जम्मा गरीने र पछि रकम विस्तार गरीदै लगिने उनले बताए । कोषबाट विद्यालयका गरीब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरीने अध्यक्ष सिग्देलले बताएका छन् । सिग्देल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*