ओभरलोडका कारण भैंसेमा रिद्धि सिद्धिको ट्रिपर दुर्घटना, चालकको उद्धार हुँदै

अखबार हब
२०८० चैत्र ५, सोमबार १२:१८

मकवानपुर । त्रिभुव राजपथ अन्तरर्गत भीमफेदी–१ खोप्लाङमा ओभरलोडका कारण रिद्धि सिद्धिका लागि खानीको ढुङ्गाबोक्ने ट्रिपर दुर्घटनामा परेको छ ।

ट्रिपर दुर्घटना हुँदा चालक हेटौंडा– १५ रातोमाटे बस्ने बर्ष ४३ का विरबहादुर वाईवा च्यापिएको अवस्थामा फेला परेका छन् । सोमबार भैंसे हेटौंडा सडक खण्ड अन्तरर्गत भीमफेदी १ खोप्लाङमा रिद्धि सिद्धिका लागि खानीबाट ढुङ्गाबोकी उद्योग तर्फ आउँने क्रममा ना ८ ख ८९१० नम्बरको ट्रिपर सडकबाट २० मिटर तल खसेको र चालक च्यापिएको अवस्थामा रहेकाले उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता लक्ष्मि भण्डारीले जानकारी दिए ।

हाल घटना स्थलमा मध्य पृतना हेडक्वाटर सुपारेटारको टोली र जिल्ला प्रहरी कार्यालयको टोलिले उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । हेटौंडा–१५ रातोमाटेमा अवस्थित सिमेन्टको चुन ढुङ्गा बोक्ने जिम्मा बागमती विन्दवासिनि कन्स्ट्रक्सनको हो । कन्स्ट्रक्सनको लापारवाहीका कारण दैनिक जसो उक्त क्षेत्रमा खानीको ढुङ्गा बोग्ने ट्रिपर दुर्घटनामा पर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*