२७ क्विन्टल प्याज रातोमाटेबाट बरामद

अखबार हब
२०८० फाल्गुन ३०, बुधबार १६:२१

मकवानपुर । अवैध रुपमा भन्सार छलि गरी ल्याईएको २७ क्विन्टल प्याज मकवानपुर प्रहरीले बरामद गरेको छ ।

बुधबार बिहान पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५६५४ नम्बरको बोलेरो गाडीबाट भन्सार छलि ल्याईएको २७ क्विन्टल प्याज हेटौंडाको रातोमाटे बाट प्रहरीले बरामद गरेको हो ।

गाडीमा राजश्व छली चोरी पैठारी गरी ल्याएको अवैध प्याज ६० बोरा (प्रति बोरा ४५ किलोको दरले २७०० किलो) फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता लक्ष्मि भण्डारीले जानकारी दिए ।

प्याज लोड भएको गाडीलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*