१५ केजी चरेससहित भिमफेदीबाट तामाङ पक्राउ

अखबार हब
२०८० फाल्गुन २९, मंगलवार १९:३०

मकवानपुर । मकवानपुरमा १५ केजी चरेससहित एक जना पक्राउ परेका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ किलो १२० ग्राम प्रतिबन्धित चरेससहित प्रशान्त तामाङ पक्राउ परेका हुन्।

मंगलबार बिहान पौने ९ बजे भीमफेदी गाउँपालिका-२ स्थित भैसे चेकपोस्टमा सवारी साधनको चेकजाँच गर्दै गर्दा धादिङको गजुरी गाउँपालिकाका ३१ वर्षीय प्रशान्त तामाङको साथबाट चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तामाङले चरेसको पोका बागमती प्रदेश ०२-०२० प ८८३३ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएका थिए। पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*