नेवारपानीबाट ८४ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ८४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा बि आर ०१ बि एफ ५५८१ भारतीय नम्बरको कारबाट ८४ किलो १२० ग्राम अवैध लागुऔषध गाजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गाडी चालक बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०७ बस्ने वर्ष १९ को साविर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता लक्ष्मि भण्डारीले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका अन्सारीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।







