अवैध भारतीय रुपैयाँ सहित हेटौंडाबाट ४ जना पक्राउ
मकवानपुर । अवैध भारतीय रुपैयाँसहित हेटौंडा–१५ रातोमाटेबाट चार जना पक्राउ परेका छन् । आज दिनको १ बजेको समयमा हेटौंडाको रातोमाटे चेक प्वाईन्टबाट ५ लाख ४९ हजार एक सय भारतीय रुपैयाँ र दुई लाख ५० हजार नेपाली रुपैँयासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ भारतीय र १ नेपाली रहेका छन् ।
पक्राउ पर्नेहरुमा कार चालक देश भारत बिहार राज्य सितामणी थाना ९ भुभैरवो बस्ने अन्दाजी बर्ष ३० को राकेश कुमार, सोही स्थान बस्ने बर्ष ३० को चन्द्र बाबु अर्का बर्ष.३७ को अशोक राय र जिल्ला सुनसरी कोशी गाउँपालिका ४ बस्ने बर्ष ३२ को निजाम मिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता लक्ष्मि भण्डारीले जानकारी दिए ।
बिरगंज बाट नारायणघाट तर्फ जादै गरेको बि आर ०१ ए आर २९९१ नं.को ईन्डियन कारलाई शंकालागि चेकजाँच गर्ने क्रममा उक्त कारको सिट मुनि लुकाई छिपाई गरी राखेको भारतीय रुपैयाँ पाँच सयको नोटको एक हजार ४२ थानमा पाँच लाख २१ हजार, दुई सय दरका नोट ९३ थानमा भारतीय १८ हजार ६ सय रुपैयाँ, एक सय दरका ९३ थान भारतीय ९ हजार तीनसय रुपैँया, ५० को नोट ४ थान भारतीय रुपैयाँ दुई सय गरि ५ लाख ४९ हजार एकसय भारतीय रुपैयाँ, दुई लाख ५० हजार नेपाली रुपैयाँ र कारसहित उनीहरुलाई पक्राउ गरिएकोे प्रवत्ता भण्डारीले बताए ।







