कान्तिलोकपथमा सुमो पल्टियो, १० जना घाइते

अखबार हब
२०८० फाल्गुन २३, बुधबार २१:३५

मकवानपुर । मकवानपुरको बकैयामा सुमो दुर्घटना हुदा १० जना घाइते भएका छन् ।

आज साझ काठमाडौंबाट हेटौंडा आउदै गरेको ना. ज २३२२ नम्बरको टाटासुमो मकवानपुरको बकैया गाउँपालिका ११ सिमात स्थित कान्तिलोकपथमा ब्रेक फेल भई पल्टिदा उक्त सुमोमा सवार १० जना यात्रु (चालक सहित) घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मि भण्डारीले जानकारी दिए ।

घाइतेको सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । चालक राक्सिराङ्ग २ बस्ने बर्ष २२ को सरोज प्रजा प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।

घाइतेहरुको  विवरण
सहकारी अस्पताल हेटौडामा उपचार भई रहेको:-
१. जिल्ला बारा बड्कानौतन बस्ने बर्ष अं. ४० की श्रीपती देवी साह दाहिने हात र टाउकोमा चोट सामान्य
२. ऐ. महागढीमाई न.पा. २ बस्ने बर्ष अं. ३४ को उपेन्द्र प्रसाद कुसवहा टाउकोमा सामान्य चोट
३. निजको छोरा बर्ष अं. ६ को रुपेश कु. कुसवहा च्यापुमा सामान्य चोट
४. ऐ.ऐ. बरियारपुर बस्ने बर्ष अं. ४१ को सुरेश कुसवहा टाउकोमा चोट अबस्था मध्यम
५. ऐ. बिन्दबासिनी गा.पा. २ बस्ने बर्ष अं. २३ को सागर कुमार चौरसिया दाहिने कुममा चोट अबस्था सामान्य
६. ऐ. बिरगंज म.न.पा. ६ गहवा बस्ने बर्ष अं. ३१ को अनुप चालिसे दाहिने हातमा चोट अबस्था सामान्य

हेटौडा अस्पतालमा उपचार भई रहेको:-
१. जिल्ला पर्सा बिश्रामपुर न.पा. ९ बस्ने बर्ष अं. २८ की सलोनी गुप्ता कलवार कुम र टाउकोमा चोट अबस्था मध्यम
२. जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. १४ कुलेश्वर बस्ने बर्ष अं. ३४ को चन्दन कुमार यादव टाउको, निधार र छातीमा चोट अबस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष अं. ३६ को सन्जु कुमार चौधरी ढाडमा चोट अबस्था मध्यम

यसमा तपाइको मत

Your email address will not be published.


*