बकैयामा वडा सदस्यको बिजुलीको पोलले थिचेर मृत्यु
मकवानपुर । बिजुलीको पोलले थिचेर एक वडा सदस्यको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङ बिजुलीको पोलले थिचेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो घर अगाडि बिजुलीको पोलले थिचेर गम्भीर घाइते भएका तितुङको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो।
घटनास्थल बकैया–७ स्थित आफ्नै घर अगाडि पोलबाट लडेर गम्भीर घाइते तितुङलाई प्राथमिक उपचारपछि चुरेहिल हस्पिटल र त्यसपछि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो।
बुधबार बिहान ३ बजे उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । बिजुलीको पोलमा भने करेन्ट नभएको प्रहरीले जनाएको छ ।







