मनहरी–६ का वडा अध्यक्ष माथी हातपात, एक जना पक्राउ

अखबार हब
२०८० फाल्गुन १४, सोमबार २०:३०

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलिया माथी हातपात भएको छ । हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । साँझको समयमा वडा अध्यक्ष जोगिताल स्थित आफ्नै तरकारी बारिमा जादा उनी माथी हातपात भएको हो ।

मादक पदार्थ सेवन गरेर आएका युवकले वडा अध्यक्षलाई हातपात गरेको र यसमा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले बताए ।

वडा अध्यक्ष थपलियालाई हातपात गर्ने ब्यक्ती सोही वडाको भुल्चोक निवासी बर्ष ३२ का मान बहादुर वाईबा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*