राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुर भिड्दै

अखबार हब
२०८० फाल्गुन ५, शनिबार २१:०७

मकवानपुर ।  प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रीय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताए ।

मैत्रीपुर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर हुने प्रेस चौतारी नेपाल मकवाननपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।

फागुन ७ गते हेटौंडा ५ पिप्ले क्याम्पाचौरमा बिहान ८ बजे हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*