सामुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया

अखबार हब
२०८० मंसिर १६, शनिबार १२:१९

मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा समुदाय प्रहरी साझेदारीका जिल्ला सह– संयोजक प्रहरी उपरीक्षक सिताराम रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने भएकोले नागरिकको सहभागीता अपरिहार्य भएको हुनाले सामुदायिक सेवा केन्द्रको भुमिको प्रशंसा गरेका थिए । साथै अन्तरक्रियामा उठेका जिज्ञासाहरूको प्रहरी प्रमुखले सम्बोधन गरेका थिए ।

सोही कार्यक्रममा काठमाडौ –२८ पुरानो बसपार्कका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि कमरूदिन मियाले हाल गरिरहेको केन्द्रले गरेको गतिविधि बारेमा जानकारी गराएका थिए भने सामुदायिक सेवा केन्द्र मकवानपुरलाई काठमाडौ भ्रमणको लागि आमन्त्रण गर्नु गरेका छन् ।

उक्त अवसरमा आफ्नो भनाइ राख्दै सभाध्यक्ष बिष्टले केन्द्रको स्थापना देखि हाल सम्मको महत्वपूर्ण कार्यहरुको चर्चा गर्नुका साथै सामुदायिकको वर्तमान अवस्थामा आइपरेका चुनौतीहरुलाई राखेका थिए ।

काठमाडौ महानगरपालिकाको आर्थिक सहयोगमा धार्मिक भ्रमण तथा सामुदायिक अवलोकन गर्नको लागि आएका १३० जनालाई स्वागत गर्नुका साथै पुरानो बस पार्क सामुदायिक पदाधिकारी,कार्यसमिति सदस्य,पुर्व अध्यक्ष,जेष्ठ नागरिकहरूलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख सुन्दर कार्की दुबै केन्द्रका पदाधिकारी ,कार्यसमिति सदस्य,पुर्व अध्यक्ष,स्वयसेविका,जेष्ठ नागरिक लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*