हेटौंडामा भोली बाट मिस्टर मकवानपुर

अखबार हब
२०८० आश्विन १२, शुक्रबार १९:५५

मकवानपुर । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा भोली(शनिवार) बाट हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ ।

शनिबार हुन गइरहेको मिस्टर मकवानपुर–२०८० मा विभिन्न तीन विधा गरि ४५ खेलाडीहरुको सहभागिता रहने महासंघका अध्यक्ष राजेश भेटवालले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने बताएका छन् ।

मिस्टर मकवानपुर विधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने अध्यक्ष भेटवालले बताए । मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने भेटवालले बताएका छन् ।

मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनील लोप्चनले बताए ।

प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने जनाइएको छ । साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजे देखी मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*