टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

अखबार हब
२०८० आश्विन १०, बुधबार ०८:४९

काठमाडौं । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् ।

चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।

उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गरेर बनाएको कीर्तिमान तोडेका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट हुँदा आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगेका छन् भने अहिले रोहित पौडेलले कुशल मल्ललाई साथ दिइरहेका छन्।

यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*