क्रिकेटर लामिछानेविरुद्धको मुद्दा सुनुवाइको पेसी आज

अखबार हब
२०८० आश्विन ७, आईतवार १०:५३

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइको पेसी आजका लागि तोकिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन् ।

त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन माग गरेका थिए ।

उक्त माग बमोजिक न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*