हेटौंडामा खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने

अखबार हब
२०८० आश्विन २, मंगलवार १९:०७

मकवानपुर । हेटौंडामा २१ औं संस्करणको जिल्ला स्तरीय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ ।

जेसीआई बसामाडीको आयोजनामा विगत २० वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको स्वर्ण भण्डार (ज्योतिरत्न बज्राचार्य) द्वारा प्रायोजित २१ औ स्वर्गिय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको हो ।

आज बसामाडी जेसिजले पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी दिएको हो । यही असोज २५ गते देखि २७ गते सम्म कार्यक्रम गरिने कार्यक्रम संयोजक संयोजक कार्यकारी उपाध्यक्ष मनिष घिमिरेले बताए ।

प्रतियोगितामा जिल्लाको विभिन्न संघ र संस्था कलेज तथा क्लब गरी १२ देखि १५ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम तथा द्वितीय हुनेलाई क्रमश नगद ६० हजार र ३० हजारका साथै रनिङ्ग शिल्ड प्रमाणपत्र प्रदान गरिने बसामाडी जेसिजका अध्यक्ष जनक भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा ४ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*