भारत एसिया कपको फाइनलमा

अखबार हब
२०८० भाद्र २७, बुधबार ०९:५८

काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कोलोम्बोमा सुपर फोर अन्तर्गत भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको थियो ।

अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*