जेसीआई मकवानपुरगढी फुट्सल हुने, प्रथम पुुरस्कार १ लाख
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा फुट्सल प्रतियोगिता हुने भएको छ ।
मकवानपुरगढी जेसीआई (प्रस्तावित)को आयोजनामा फुट्सल प्रतियोगिता हुन लागेको हो ।
आगामी भदौ १५ र १६ गते हुने प्रतियोगिताको बिजेताले एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने जेसीआई मकवानपुरगढी जेसीआईका अध्यक्ष पुष्पराज पुडासैनीले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । प्रतियोगितामा देशभरबाट ३० टिमको सहभागी हुने अनुमान गरिएको र २४ वटाले समुह दर्ता गराइसकेको बताए । प्रतियोगितामा नेपाल जेसीआईको सदस्यता भएका सदस्य समुहले भाग लिन पाउने छन् ।
मकवानपुरगढी गाँउपालिकालाई नेपाल भरका जेसीजका शाखामाझ पर्यटन प्रबर्द्धन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले जेसीआई मकवानपुरगढी फुट्सल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष पुडासैनीले बताए ।
प्रतियोगितामा ९ लाख खर्चको अनुमान गरिएको छ । खर्च मकवानपुरका स्थानीय तह, समुह दर्ताशुल्क र विभिन्न सहयोगि दातामार्फत व्यवस्थापन गरिने कार्यक्रम संयोजक विजय पुडासैनीले जानकारी दिए ।







