हेटौंडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने

अखबार हब
२०८० भाद्र ८, शुक्रबार १८:४८

मकवानपुर । हेटौंडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने भएको छ । आगामी असोज १३ गते हेटौंडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने भएको हो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा जिल्लाभित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीय ५०, तृतीय ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न तौल समूहमा प्रथम हुनेलाई जनही नगद दश÷दश हजार रुपैयाँ तथा महिलाहरु एउटै समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा धेरै खेलाडी सहभागी गराउने क्लबलाई उत्कृष्टका रुपमा नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ ।

कोभिडको कारण दुई वर्ष प्रतियोगिता रोकिएको कार्यक्रम संयोजक सुनिल लोप्चनले बताए । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट आयोजकले सहयोग प्राप्त हुने अपेक्षा गरेको छ ।
प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको संयोजक लोप्चनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*