‘उपहार’मा अनुबन्धित भए हेटौंडाका तेज

अखबार हब
२०८० भाद्र ४, सोमबार १९:२७

मकवानपुर । पछिल्लो फिल्म ‘प्रेमगन्ज’ बाट अत्याधिक चर्चा कमाएका हेटौंडा–११ निवासी तेज गिरी कलाकारको बलियो लाईनप भएको फिल्म ‘उपहार’मा नायकको रुपमा काम गर्ने पक्का भएको छ ।

उनीसंगै फिल्ममा रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, समर्पण कार्की मुख्य भुमिकामा देखिदैछन् । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको चलचित्रको हाल वर्कसप चलिरहेको छ भने अब केहि दिनमा छायाकन सुरु हुदैछ ।

प्रेमगन्ज पछि धेरै चलचित्रमा काम गर्न अफर आएपनि निर्माण टिम र यस चलचित्रले उठान गर्न खोजेको विषयबस्तु मनपरेको कारण यसमा काम गर्ने निर्णयमा पुगेको उनले सुनाए । तेज बिगत एक दशक भन्दा लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय रुपमा आफुलाई प्रस्तुत गर्दै आएका छन् । अत्यन्तै छनौट गरेर मात्र फिल्म खेल्ने उनी पारिश्रमिक पनि महङ्गो लिने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*