मोर्डन युर्थ क्लब विजयी
मकवानपुर । वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधी मोर्डन युर्थ क्लबले जीतेको छ ।
बुद्ध युवा क्लब मनहरी–२ ले आयोजना गरेको वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको उपाधी मोर्डन युर्थ मनहरी–१ मकरीले हात पारेको हो ।
मंगलबार मोर्डन र जनशिद्ध युवा क्लब मनहरी–३ बीच भएको फाईनल खेलमा १–१ को बराबरी भएसँगै ट्राइब्रेकर बाट खेलको विजेता घोषित भएको थियो । ट्राइब्रेकरमा ३–१ को अन्तरमा मोर्डनले जीत हात पारेको हो ।
खेल बीजेता टीमले २५ केजीको खसीसहित शिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा जम्मा १३ टीमको सहभागिता रहेको थियो ।







