रञ्जीत गजमेरको संगीत संयोजनमा किरण र अस्मिताले ल्याए ’मेरो कथाको’ (भिडियो)

अखबार हब
२०८० श्रावण २६, शुक्रबार २०:०७

काठमाडौं । ’द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ’मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रञ्जीत गजमेरको रहेको छ । म्युजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्। सुदीप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। ’गोलो प्रडक्शन’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन् ।

युट्युब लिंक :

यसमा तपाइको मत

Your email address will not be published.


*