मकवानपुरगढीमा राप्रविसको फुटसल
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन (राप्रविस)ले मकवानपुरगढीमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
राप्रविस मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित फुटसल कोर्टमा आज बाट प्रतियोगिताको सुरु भएको हो । साउन ११ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगिता राप्रपा मकवानपुरका सह–कोषाध्यक्ष सन्दिपकुमार सापकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
प्रतियोगितामा मकवानपुर क्याम्पसका विभिन्न संकाय र तहबाट २२ समुहको सहभागि रहने विद्यार्थी नेता निर्जल पुडासैनीले जानकारी दिए । युवाहरूलाई खेलको माध्यमबाट स्वास्थ्य हुन र कुलतबाट बचाउन सघाउ पुग्ने हेतुले खेलको आयोजना गरिएको उनले बताए ।
उद्घाटन खेलमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ , राप्रविसका जिल्ला कार्यबाहक अध्यक्ष आशिष चौलागाईं, राष्ट्रिय युवा मोर्चा मकवानपुर अध्यक्ष बिबेक बिक्रम शाह, हेटौंडा वडा नं. ८ कमिटीका अध्यक्ष सुवास गुरुङ, मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष समृत खतिवडा, सचिव साहिल पाठक लगायतको उपस्थिति रहेको थियो ।







