सरकारले गाँजा खेतीको अध्ययन गर्ने

अखबार हब
२०८० जेष्ठ १५, सोमबार १७:२६

काठमाडौं । सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसदमा तालीले गुञ्जायमान भएको थियो ।

गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*