हर्नामाडी चिनारी साङ्गीतिक भिडियो सार्वजनिक

अखबार हब
२०८० बैशाख १८, सोमबार १९:२०

मकवानपुर । हर्नामाडीको सेरोफेरो र पहिचानलाई समेटेर बनाइएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने हर्नामाडीको भौगोलिक, सास्कृतिक र इतिहासिक विषयलाई समेटेर बनाइएको म्युजिक भिडियो आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ को आर्थिक सहयोगमा निमार्ण गरिएको भिडियोमा कलाकार ओकिल राज बानियाँ र अस्मिता बानियाँले स्वर दिएका छन् भने ओकिलकै शब्द तथा निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

भिडियो केही समय पश्चात हर्नामाडी चिनारी नामक युटुब च्यानल मार्फत हेर्न सकिने निर्देशक बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*