प्रिति आलेले नचाइन हेटौंडेली दर्शक, भोली कर्मा व्याण्ड आउने
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमाजारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् ।
उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउ डाल के को मायाजाल… लगायत लोक भाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक हेमन्त शर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।
महोत्सवमा मोडल करिश्मा ढकालले नृत्य प्रस्तुत गरेकी थिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले प्रहशन मार्फत दर्शकहरुलाई हसाएका थिए ।
महोत्सवको नवौं दिन विहीबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीत संगीतमा मज्जाले झुम्दै स्टलहरुको अवलोकन गरेका थिए । भोली शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको प्रस्तुी रहनुका साथै गायक मानस राज र ऋतु कंडेलको प्रस्तुतीरहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनु भयो ।
महोत्सवमा विहीबार २० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । आजै करिब ७ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।







