चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा खड्का

अखबार हब
२०७९ पुष २५, सोमबार १७:२३

मकवानपुर । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा सञ्चारकर्मी कपिल खड्का निर्वाचित भएका छन् ।

सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

संघ उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दीपेश दाहाल तथा सदस्यमा मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन सत्र भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*