भूटनदेवी मावि १३८ रनले बिजयी
मकवानपुर। हेटौंडा ४ हुप्रचौरमा जारी निरज श्रेष्ठ स्मृति जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा भूटनदेवी मावि बिजयी भएको छ । आज शनिवार बिहान भएको खेलमा नवोदय शिशु सदनलाई १३८ रनले हराउँदै भूटनदेवीले जित पक्का गरेको हो ।
भूटनदेवी माविले २० ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाउन सफल भएको थियो । प्रतियोगितामा रितिक यादवले ३९ रन, एम डि नासिमले २८ रन र हिमान्सु यादवले २४ रनको योगदान गरे ।
कमजोर खेल खेलेको नवोदय शिशु सदनले टस जितेर फिल्डिङ रोजेको थियो । १७० रनको लक्ष्य पछ्याउँदै गरेको नवोदय शिशु सदन ७ ओभर ३ बलमा ३१ रनमा अल आउट हुन पुग्यो ।
भूटनदेवीका बलर रामदयान यादवले ३ विकेट, एम डि नासिम र बिटु पलले समान २ विकेट लिएको लिर्दै आफ्नो टिमको जित पक्का गरेका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रदर्शन गरेका रामदयान यादव घोषित भएको बिनोद बानियाँले जानकारी दिए ।







