मोर्डन युथ ‘बी’ को विजयी सुरुवात
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा आज भएको दोस्रो खेलमा मोर्डन युथ क्लब ‘बी’ले जित हात पारेको छ ।
मनहरी– ३ स्थित सिद्धकाली चौरमा जनसिद्धि युवा क्लव सिद्धकालिको आयोजनामा भएकोे खेलमा जन आदर्श क्लब ‘बी’ मनहरी ३ डोठे लाई १–२ गोल अन्तरले पराजित गर्दै मोर्डन युथ क्लब ‘बी’ मनहरी–१ विजयी भएको हो ।
खेलको पहिलो हाफ अघि मोर्डन युथका अरुण पराजुलीले आत्मघाती गोल गरि जन आदर्शलाई ०–१ ले अग्रता दिलाएका थिए, भने दोस्रो हाफमा राममणी न्यौपानेको थ्रो बलमा प्रकाश बर्तौलाले १ गोल गरि खेललाई बराबरी बनाउन सफल भएका थिए ।
दोस्रो हाफको मध्य तिर मोर्डन युथका न्यौपानेले फ्री किक मार्फत १ गोल गरे उक्त गोल नै खेलका लागि निर्णायक बन्न पुगेको थियो । जीत सँगै मोर्डन युथ क्लब ‘बी’ मनहरी खेलको क्वाटर फाईनलमा पुगेको छ ।
खेलको म्यान अफ दी म्याच मोर्डन युथका प्रकाश बर्तौला घोषित भएका थिए ।
खेलको विजेताले नगद ५० हजार रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र पाउँनेछन् भने उप बिजेताले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।







