मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल

अखबार हब
२०७९ श्रावण २, सोमबार १९:०६

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य मर्मत मात्र गरी बजेट सकाउने काम गरेको छ । भने फर्निचरको नाममा पुराना फर्निचर सामान खरिद गरी नयाँ भन्दै विल बनाएको थियो । सो काम सक्काउन बजेट अपुग भएको भन्दै आ.व.७७/७८ मा थप ३ लाख बजेट विनियोजन गरेको थियो ।

हेर्नुहोस् खरिद गरीएको सामानको केही बिलहरु…

होमस्टेका लागी गाउपालिकाले स्थानीय उपभोक्ता समिती बनाई उपभोक्ता समितीलाई कामको जिम्मा लगाएको थियो । तर उपभोक्ता समितीले बजेको दुरुपयोग गर्र्दै होमस्टे बनाउने बाहानामा आँखामा छारो हाल्ने काम मात्र गरेको छ । हाल होम स्टेमा दुई थान पलङ,दुई थान प्लास्टीक टेवल,प्लास्टीकको कुर्सी २० थान,ग्यास सिलिण्डर १,केही चम्चाप्लेट,फ्रीज १ थान,लागाएतका केही सेकेण्ड हेण्ड सामानमात्र खरिद गरीएको देखीन्छ ।

हेर्नुहोस् खरिद गरीएको सामानहरु…


अझ अचम्मको कुरा त के उल्लेखीत सामान खरिद गर्दा डोर हाजीरी फारम समेत भरीएको पाईएको छ । होमस्टेमा प्रयोग गरीएका फर्निचरका सामान खरिद गर्दा भाडा उल्लेख गर्नु पर्ने ठाँउमा २० प्रतिशत श्रमदान देखाएर बिल बनाईएको छ ।

होमस्टेका नाममा खरिद गरीएका खानेपानीको पाईप समेत खरिद गरी अन्यत्र प्रयोग गर्न दिईएको पाईएको छ । कुखुरा पालनाको लागी स्थानीय शंकर प्रजाले बनाएको टहरोलाई बाँसले घेरी,आगावै ढलान समेत गरेको स्थानमा ढलान गरेको भन्दै विल बनाएर पैसा लुट्ने काम भएको स्थानीयले बताएका छन् ।

                                                                                थप समाचार बाँकि छ प्रतिक्षा गर्नुहोस्… 

यसमा तपाइको मत

Your email address will not be published.


*