नेपाल प्रहरीमा भर्ती खुल्यो

अखबार हब
२०७९ असार १९, आईतवार १३:०१

काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ । जनपदतर्फ प्रहरी सहायक निरीक्षक (असइ) र जवान पदमा भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार सहायक निरीक्षक र जवान गरी २ हजार नौ सय १७ जनाको निम्ति विज्ञापन खुलाइएको हो ।

सहायक निरीक्षकमा खुला तर्फ २३८,अमर असक्त प्रहरी परिवारतर्फ ९,महिला ४०,आदिवासी जनजातितर्फ ६३, मधेसी ५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कूल ४४३ जना मागिएको छ ।

त्यस्तै, प्रहरी जवानको निम्ति खुलामा १ हजार तीन सय ३४, अमर असक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी ३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कूल २ हजार ४७४ जनाको निम्ति भर्ना खुलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*