हेटौंडा बजेट : फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कृषि उपज बाहेकका फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायीहरुलाई करको दायरामा ल्याइने भएको छ ।
आइतवार नगरको ११ औं नगरसभामा आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर राजेश बानियाले नगरमा रहेका कृषि उपज बाहेकका फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायीहरुलाई करको दायरामा ल्याइने बताएका हुन् ।
साथै व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याइने उनले बताए ।







