मकवानपुर गोल्डकपः पुलिस क्वार्टरफाइनलमा
मकवानपुर । खुमलटार युवा क्लबलाई हराउँदै नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
खुमलटारमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पुलिसको जीतमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेट र शाहले २३ औं मिनेटमा गोल गरेका थिए । खुमलटारका लागि अजित लामाले ८५ औं मिनेटमा गोल गर्दै टिमलाई जितका लागि केहि सहज बनाइ दिए ।
खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । पुलिसले अन्तिम आठमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।







