चौथो स्थानीय तह सहिद स्मृती गोल्डकप जेठ १९ गतेबाट

अखबार हब
२०७९ जेष्ठ १२, बिहीबार १९:४८

मकवानपुर । हरेक वर्ष हेटौंडामा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही जेठ १९ गतेबाट शुरु हुने भएको छ। चौंथो संस्करणको गोल्डकप हेटौंडामा हुन लागेको हो । आज हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी फुटबल गर्न लागिएको जानकारी दिइएको हो ।

प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्दै छन् । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५–५ लाख सहयोग गर्ने भएका छन् ।

मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडाको आयोजनामा हुने प्रतियोगितामा नेपालमा रहेका ए डिभिजन फुटबल क्लब, मोफसलका क्लब, विदेशी टिम र आयोजकको तर्फबाट विजय युथ क्लबको सहभागिता रहने संयोजक प्रताप बिष्टले जानकारी दिए ।

यसवर्ष प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो । प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ ।

खेलमा विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्।

प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । यसअघिको तीन वटा सस्करण हेटौंडा–१० वनविज्ञान अध्ययन संस्थान फरेष्टीमा भएको थियो । प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*