बालेन शाहले गरे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता (घोषणापत्रसहित)

अखबार हब
२०७९ बैशाख ११, आईतवार १९:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नो दर्ता गराएका छन्  । आज आइतवार बिहान घोषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसो काठमाडौंका मेयरमा आफ्नो नाम दर्ता गरेका हुन्।

उनले राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका हुन्। ३१ वर्षीय शाह स्ट्रक्चरल इन्जिनयरसमेत हुन् ।

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि शाहले २८ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । यसअघि २०७४ सालको पालिका चुनावमा काठमाडौंका मेयरमा नेकपा एमालेबाट विद्यासुन्दर शाक्य विजयी भएका थिए ।

यस्तो छ बालेन शाहको चुनावी घोषणापत्र–

यसमा तपाइको मत

Your email address will not be published.


*