वार्नर र नोर्किया उपलब्धसँगै मजबुत दिल्ली

अखबार हब
२०७८ चैत्र २४, बिहीबार १५:३३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १५ औं खेलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा डिवाई पाटिल स्र्पोट्स एकेडेमीमा सुरु हुनेछ ।

दिल्ली २ खेलमा १ मा जित र १ मा हार सहित सातौं स्थानमा छ । लखनऊ सुपर जायन्ट्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । दिल्लीको ऋषभ पन्त र लखनऊको लोकेश राहुलले कप्तानी गर्नेछन् । दिल्लीका प्रमुख दुई खेलाडी डेविड वार्नर र तीव्र गतिका बलर एनरिच नोर्किया आजको खेलमा उपलब्ध हुनेछन् ।

यी दुई प्रमुख खेलाडीको आगमनले दिल्ली मजबुत बन्नेछ । वार्नर सनराजर्स हैदराबाद छोड्दै पहिलो पटक दिल्लीबाट खेल्न लागेका हुन् । विश्वका एक आक्रामक बायाँ हाते ओपनर वार्नर ठूला इनिङको लागि चिनिन्छन् । तीन पटकका ओरेन्ज क्याप विजेता वार्नर उच्च लयमा छन् । गत नोभेम्बरमा अष्ट्रेलिायालाई टि२० विश्वकप जिताउन वार्नर सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनको उपलब्धाताले दिल्लीको शीर्षस्थान मजबुत बन्नेछ ।

वार्नरले टिम सिफर्टको स्थान लिनेछन् । सिफर्ट मुम्बईसँग २१ र गुजरात टाइटन्ससँग ३ रनमा आउट भएका थिए । वार्नर पृथ्वी शा ले ओपनिङ गर्नेछन् । दायाँ र बायाँ हातको सन्तुलन मिल्ने हुँदा दिल्लीको शीर्षक्रम मजबुत बन्नेछ । मन्दीपसिंह, ऋषभ पन्त र ललित यादवले मध्यक्रम सम्हाल्नेछन् । पन्तको इनिङ महत्वपूर्ण हुनेछ ।

रोभम्यान पावेल सुरुवाती दुई खेलमा चलेका छैनन् । उनलाई थप विश्वास गर्ने सम्भावनाछ । नोर्किया उपलब्ध हुँदा तीव्र गतिको बलिङ युनिट पनि मजबुत बन्नेछ । नोर्किया तीव्र गतिको बलिङको लागि चिनिन्छन् । नोर्किया र मुस्ताफिजुर रहमानको जोडी जम्नसक्छ । शार्दुल ठाकुर तेस्रो तीव्र गतिका बलर हुन् । स्पिनरमा कुलदीप यादव र अक्षर पटेल हुनेछन् । लोकेश राहुल र क्विन्टन डि कक लखनऊका ओपनर हुन् ।

एविन लेविस चेन्नईलाई हराउन नायक बनेका थिए । उनी आक्राम ब्याटिङ गर्ने हुँदा दिल्लीका बलरलाई टाउको दुखाई बन्नसक्छन् । मनिष पाण्डेलाई भने राम्रो प्रदर्शनको दबाब हुनेछ । युवा स्टार आयुष बदोनी र दीपक हुडाले लगातार उच्च प्रदर्शन गरेका छन् । यी दुई खेलाडीले गर्दा मध्यक्रम मजबुत बनेको छ ।

अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस आजको खेलमा उपलब्ध हुनेछन् । स्टोइनिस उपलब्ध हुँदा लखनऊ पनि बलियो बन्नेछ । स्टोइनिस फिनिसरको रुपमा खेल्न सक्छन् । उनीसँग त्यो क्षमता पनि छ । टि२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई हराउन स्टोइनिस नायक बनेका थिए ।

विष्फोटक र मध्यगतिमा बलिङ गर्ने हुँदा लखनऊलाई थप अतिरिक्त फाइदा पुग्नेछ । स्टोइनिस दिल्लीका पूर्व खेलाडी हुन् । उनलाई दिल्लीको कमजोरी अझ थाहा छ । तल्लोक्रममा जेसन होल्डर र क्रुनाल पान्ड्या हुँदा ब्याटिङमा गहिराई हुनेछ । यी दुई टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*