हेटौंडाका तेज गिरीको फिल्म ‘प्रेमगञ्ज’को ‘राजा’ लुक्स आउट
मकवानपुर । फिल्म ‘प्रेमगञ्ज’को पात्र लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ ।
पेसाले तेजे बैंकर हुन् । बैंकिङ करियरमा आफुलाई सफल साबित गरे पनि फिल्म क्षेत्रमा भने उनी लामो समय देखी संघर्ष गरिरहेका छन् । उनले केही फिल्ममा फाट्टफुट्ट अभिनय गरे पनि मुख्य भूमिकामा ‘प्रेमगन्ज’ उनको पहिलो फिल्म हो । यही फिल्म मार्फत उनी मुख्य भूमिकामा डेब्यु गर्दैछन । बैंककिङ पेशा बाट अभिनयमा करियर खोज्ने तेज सायदै पहिलो होलान् ।
फिल्म आउदो भदौ ३ गते देखि देशैभर पर्दर्शन हुँदै छ भने टिजर बैशाख तीन गते रिलिज हुँदै छ । राजु फुयालको प्रस्तुति रहेको ‘प्रेमगन्ज’का लेखक निर्देशक परिच्छेद सेन हुन ।
को हुन् तेज गिरी
काभ्रे जिल्लामा पिता माधव गिरी र माता राधिका गिरीको कोखबाट जन्मेका तेज २ बर्षको हुँदा उनको परिवार काभ्रेबाट बसाँई सरी हेटौंडा गएकोले उनको बाल्यकाल हेटौंडामा वितेको थियो ।
हेटौंडा ११ नवलपुरमा अबस्थित श्री त्रिभुवन उच्च मा.वि.बाट उनले माध्यामिक तहको अध्ययन पुरा गरेका हुन । उनले स्नातकोत्तर सम्मको पढाई पुरा गरेका छन् । स्कुले जिवन देखि नै सडक नाटकहरु खेल्दै आएका उनको कलाकार बन्ने मोह बाल्यकाल देखि नै थियो । तर समयले उनलाई वि.स.२०६२ बाट बैंकको कर्मचारी बनायो,प्रशिक्षार्थी कर्मचारीको रुपमा उनको जागिरे जिवन सुरु भएको थियो ।
हाल उनी मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालयमा समावेशी बैंकिङ्ग विभागको कर्जा प्रमुखको रुपमा कार्यरत छन् । उनले आफु कार्यरत बैंकमा एक अब्बल र उत्कृष्ट कर्मचारीको छवी बनाउन सफल भएका छन् । आफ्ना मातहतका कर्मचारीहरु र ग्राहकको माझमा उनी अत्यन्तै लोकप्रीय रहेका छन् । उनी बैंकरको साथसाथै एक कुशल तालिम सहजकर्ता र कार्यक्रम संचालक पनि हुन ।
मुक्तिनाथ विकास बैंकको शाखा प्रमुख भई कार्यरत रहँदा उनीमा कलाकारिता र मोडलिङ्गको मोह जाग्यो र मिस्टर नेपाल २०१२ मा सहभागी भए । उक्त प्रतियोगितामा उनले उत्कृष्ट ५ को यात्रा तय गर्दै मोस्ट ट्यालेन्टको आवार्ड हात पार्न सफल भए । त्यसपछि उनीमाथि केही निर्माता निर्देशकको आँखा पर्न गयो र केही म्युजिक भिडियो र केही चलचित्रमा भुमिकामा काम गर्ने अबसर मिल्यो ।
बैंकको जागिर संगै उनलाई विस्तारै कलाकारिताको मोह बढ्दै जान थाल्यो । उनले कलाकारितामा आफुलाई स्थापित गराउने संकल्पसहित अभिनयको प्रशिक्षण लिए,नृत्यको प्रशिक्षण लिई आफुमा निखारता ल्याए ।
राम्रो फिल्म मार्फत आफुलाई दर्शक माझ चिनाउने पर्खाइमा संघर्षरत उनले बहुप्रतिक्षित फिल्म प्रेमगन्ज मार्फत मुख्य नायकको रुपमा डेब्यु गर्न गईरहेका छन् । यो फिल्मको लागि उनले २ बर्ष मेहनत गरेका छन्, यो फिल्मबाट उनी अत्यन्तै आशाबादी रहेका छन् ।







