हेटौंडा बहुउद्देश्यीय कभर्डहलको उद्घाटन
मकवानपुर । हेटौंडा–४ पारिजात पथस्थित निर्मित हेटौंडा बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कर्भड हलको उद्घाटन गरेका हुन् ।
कभर्डहल निर्माणमा कुल १ करोड ४८ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी दिए। जसमा हेटौंडा उपमहानगरपालिकाले १ करोड ३३ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कर्भड हल ७२÷५५ फिटमा निर्माण भएको हो । ६ सय दर्शक अटाउन सक्ने कर्भडहलमा मार्सलआर्टका विभिन्न खेलहरु सञ्चालन गर्न सकिने जनाइएको छ ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल लगायत खेलकुद पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।







