लिगविजेता मछिन्द्रलाई हराएर पिप्लेले जित्यो राजर्षि जनक गोल्डकप

अखबार हब
२०७८ चैत्र १३, आईतवार २२:२९

मकवानपुर । लिगविजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा हराउँदै पिप्ले युवा क्लबले राजर्षि जनक गोल्डकपको उपाधि जितेको छ। बागमती क्लबले आयोजना गरेका गोल्डकपमा पिप्लेले मछिन्द्रलाई पेनाल्टीमा ४–३ ले हराउँदै उपाधि जितेको हो।

प्रतियोगितामा आआफ्नो पोलबाट मच्छिन्द्र र पिप्ले क्लब फाइनल पुगेका थिए। पिप्लेको पोलमा मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा क्लब, एनआरटीलगायतका टिमहरु थिए। ती क्लबहरुलाई पछाडि छोड्दै पिप्लेले उपाधि जितेको हो।

उपाधिसँगै पिप्लेले १० लाख एक हजार पुस्कार जितेको छ भने मछिन्द्रले पाँच लाखमा चित्त बुझाएको छ।

प्रतियोगितामा विमल घिसिङले बागमतीका वर्षखेलाडीको अवार्ड पाएका छन्। बागमती क्लब एकेडेमीका खेलाडी विमलले सो अवार्ड जितेका हुन्। त्यस्तै, पिप्लेका रुपम लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए।

राजर्षि जनक गोल्डकपको यो छैटौं संस्करण हो।

यसमा तपाइको मत

Your email address will not be published.


*