जोसेफ र अस्मीताको स्वरमा नयाँ गीत “रुप्स्या काली” सार्वजनिक (भिडियोसहित)

अखबार हब
२०७८ चैत्र ८, मंगलवार ११:०९

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत “रुप्स्या काली” सार्वजनिक भएको छ । सोमबार गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ । आफैंले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको छ ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो । शहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

यसअघि जोसेफले गाएको देउडा शैलीको गीत “पियारी” चौतर्फी निक्कै रुचाइएको थियो । लोक शैलिको रोमान्टिक गीत “रुप्स्या काली”लाई पनि आम स्रोता/दर्शकले मनपराउने अपेक्षा लिएको गायक शाहीले बताएका छन् ।

गीतको भिडियो हेर्नुहोस्ः

यसमा तपाइको मत

Your email address will not be published.


*