’सडनडेथ’बाट निजगढ सिटी अघिल्लो चरणमा प्रवेश

अखबार हब
२०७८ चैत्र ६, आईतवार २२:५८

बारा । निजगढ सिटी क्लब सडनडेथमा जीत हात पार्दै प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विजयी भएको छ ।

निजगढ– ७ स्थित नेत्रोदय माविको प्राङ्गनमा जारी प्रतियोगिताको पहिलो हाफको १५ औं मिनेटमा फ्याफुल्ला युवा क्लव,डम्मरपुरकी जुना लामाले १ गोल गर्न सफल भएकी थिइन् तर, लगतै २१ औं मिनेटमा निजगढ सिटीको लागि क्याप्टेन सबिता बलले फ्रि–किकमार्फत् गोल फर्काएसँगै निर्धारित समयको खेल बराबरीमा टुंगिएको हो ।

खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरमा निजगढ सिटीले फ्याफुल्ला डम्मरपुरमाथि ८–७ गोल अन्तरको नतिजा निकाल्दै प्रतियोगिताको सेमीफाईनलमा  प्रवेश गरेको हो ।
खेलमा फ्याफुल्लाकी दीक्षा मोक्तान लेडी पावर अफ दी म्याच घोषित भईन् ।

प्रतियोगिताअन्तर्गत् भोली (सोमबार) नमोबुद्ध युवा क्लब निजगढ–६ र रतनपुर निजगढ–११ बीच खेल हुनेछ ।

चौतरा युवा क्लवको आयोजनामा जारी प्रतियोगितामा ७ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लेडी पावर अफ दी म्याचको ट्रफि निजगढ–७ का समाजसेवी खड्कबहादुर पुलामीले हस्तारन्तरण गरेको खेल व्यवस्थापक बुद्धीबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*