स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा मिश्र
मकवानपुर । स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा नवीन मिश्र चयन भएको छ । आइतबार भएको अन्तक्र्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।
स्पोर्टस् यूनियन नेपालका केन्द्रीय संयोजक बागमती प्रदेश सभा सदस्य, तथा नेकपा एमाले केन्द्रीय सदस्य सीता लामाको प्रमुख आतिथ्यता र नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा कमिटि गठन भएको हो । कमिटिको सदस्यहरुमा अमृत मिश्र, सन्ध्या आचार्य, आस्था ढुङगेल, सन्देश राई, छिरिङ लामा थिङ, अमृता मुक्तान, संजिव मिजार, सागर लामा, रमन झा, अमृत सुनार चयन भएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको अध्यक्ष राजाराम पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति लामाले नवनिवार्चित कमिटिलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रमा अधिकार र रोजगारी व्यवस्थासहित आयआर्जनको पाटोमा यो कमिटीले गति लिनेमा विस्वस्त रहेको बताए । मिश्रले खेलकुदलाई आयआर्जनको श्रोत र रोजगार सिर्जनामा यस समितिले उदाहरणीय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष रवीन पोख्रेल, केन्द्रीय सह—सचिव सचिन लामा, जिल्ला अध्यक्ष राजाराम पोख्रेल र स्पोर्टस् एकेडेमी मकवानपुर जिल्ला अध्यक्ष प्रकाश सुवेदीलगायतको आतिथ्यता रहेको थियो । खेल क्षेत्रमा आबद्ध रहेका श्रमिक वर्ग एवम् मजदुर सबै क्षेत्रमा खेलाडीले खेल खेलेरै जीविकोपार्जन गर्न र यो अधिकार सुनिश्चिततासहित खेलाडीलाई उचित ढंगले व्यवस्थापन गर्ने उदेश्य बोकेको यस संगठनले छिटै सम्मेलन आयोजना गर्ने जनाएको छ ।







