अन्तर्राष्ट्रिय संगीत पुरस्कार दीपक जङ्गमलाई
मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विरागको १० औं स्मृति दिवसको सन्दर्भमा शनिबार हेटौंडामा सांगीतिक समारोहकावीच स्रष्टालाई पुरस्कार प्रदान गरेको छ ।
एकलाख रुपैयाँ नगद राशीको विजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यसवर्ष वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिएको हो । २०६४ सालदेखी प्रतिष्ठानले यस पुरस्कार प्रदान गर्दै आइरहेको छ । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, वरिष्ठ साहित्यकार एलबी क्षेत्रीले जंगमलाई नगद हस्तान्तरण गर्दै दोसल्ला ओढाएर कदरप्रदान प्रदान गरेका थिए । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।
भीमविराग युवा संगीत पुरस्कार २०७८ बाट लोकप्रिय गायक शिव परियारलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । पुरस्कार प्रदान पश्चात जंगम र परियारले आफ्नो सांगीगितक प्रस्तुती दिएका थिए । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।







