नेपालमा पहिलोपटक जापानी फिल्मको प्रिमियर हुँदै

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार १७:३३

काठमाडौं । नेपालमा पहिलोपटक जापानी फिल्म ‘सोड आर्ट अनलाइन’को फ्यान प्रिमियर हुने भएको छ । विदेशी फिल्मको नेपाल वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले चैत १ गते फ्यान प्रिमियर गर्न लागेको हो ।

यो फिल्म चैत ४ गते नेपालका सिनेमा हलहरुमा रिलिज हुने जनाइएको छ । कम्पनीले सुपरहिरो फिल्म ‘माइ हिरो एकेडेमिया’सहित नेपालमा जापानी फिल्मको व्यावसायिक प्रदर्शन सुरु गरेको थियो ।

‘सोड आर्ट अनलाइन’ नेपालमा रिलिज हुने दोस्रो जापानी फिल्म बन्नेछ । तीन दिनअघि नै आयोजना हुने प्रिमियरमा फ्यानहरुले फिल्मका पात्रको गेटअपमा आफूलाई प्रस्तुत गर्ने कम्पनीका व्यवस्थापक रुबेन श्रेष्ठले बताए ।

बिग मुभिजमा आयोजना हुने फ्यान प्रिमियरले जापानी फिल्मका दर्शकलाई नेपालमा प्रबद्र्धन गर्ने आशा कम्पनीले लिएको श्रेष्ठले बताए । रेखी कावाहारा लिखित जापानी उपन्यासमा आधारित यो फिल्म निर्माणमा नेटफ्लिक्सले पनि सहकार्य गरेको छ ।

जापानसहितको अन्तर्राष्ट्रिय बजारमा सोड आर्ट अनलाइनका सिरिजले व्यावसायिक सफलता पनि प्राप्त गरेका छन् । यो सिरिज यसका दुई प्रमुख पात्रहरु काजुतो किरितो किरिगाया र आसुना युकी वरपर फन्को मार्छ । भर्चुअल रियालिटी संसारका यी दुई पात्रले कसरी निकट भविष्यको संसारमा कसरी दर्शकलाई सयर गराउनेछन् भन्ने कथावस्तु फिल्ममा समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*