लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

अखबार हब
२०७८ फाल्गुन १०, मंगलवार १७:२९

काठमाडौं । नेपालका चर्चित र्‍यापर आशिष गुरुङ लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका लाहुरेलाई जिल्ला अदालत कास्कीले यस्तो आदेश दिएको हो । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ ।

लाहुरेसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका– २१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका– ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका– ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*