टी–२० सिरिज : ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

अखबार हब
२०७८ माघ २८, शुक्रबार २०:२२

काठमाडौं । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।

दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।

नयाँ कप्तान सन्दीप लामिछानेले पनि कप्तानी डेब्यु जितबाट गरे । यस्तै स्पीनर सागर ढकाल र अलराउण्डर विवेक यादवले पनि यसै खेलबाट टी(२० आईमा डेब्यू गरे । सागर बलिङमा महंगो सावित हुँदा विवेकले एक ओभर मात्र बलिङ गर्न पाए ।

त्यस्तै आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*