सदस्य सचिवको टुंगो नलाग्दा खेलकुद क्षेत्र ठप्प, दशरथ रंगशाला बाहिर कालोपट्टी बाँधेर खेलाडीको प्रदर्शन

अखबार हब
२०७८ माघ २०, बिहीबार १२:३१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्था आन्दोलित भएका छन्। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले विरोध कार्यक्रम गरेको हो।

बिहीवार राखेप परिसरमा भेला भएर खेलाडीहरुले दशरथ रंगशालाको प्रवेशद्वारसम्म र्‍याली निकालेका थिए। प्रदर्शनमा दीपक श्रेष्ठ , दीपक बिष्ट, आयुसा, अनु अधिकारी, दीपक महर्जन लगायतका राष्ट्रिय खेलाडीहरु पनि सहभागी छन्। कालोपट्टीले हात बाँधेर र्‍यालीमा सहभागी भएका खेलाडीहरुले ‘खेलाडीलाइ रोजगरीको ब्यवस्था गर’, ‘अपुरो खेल्कुद ऐन तुरुन्तै संशोधन गर’, ‘खेलकुदलाई अनिर्णयको बन्दी बनाउन पाइदैन’ लगायताका नारा लगाएका थिए। दशरथ रंगशालाको प्रवेशद्वार अगाडि उनीहरुले धर्ना दिएका छन्।

सत्ता समीकरण फेरिएपछी आएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने रमेश सिलवाल र बोर्ड सदस्यहरुलाई स्पस्टीकरण सोधेर हटाएपछि यो मामला अदालतसम्म पुगेको थियो। यता खेलकुद मन्त्रालयले टंकलाल घिसिङलाई सदस्यसचिव बनाइसक्दा पनि अदालत मुद्धा अघि बढेका कारण यो विषय टुंगोमा पुग्न सकेको छैन। जसकारण खेलकुद क्षेत्र ठप्प प्रायः छ। त्यसैले खेलकुदका कर्मचारी, खेलाडी, प्रशिक्षकको काम प्रभावित भएको साथै नवौं राष्ट्रिय खेलकुद अलमलमा परेकाले भन्दै विरोधमा उत्रनु परेको आयोजकले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*