बलिउड अभिनेता अमिताभ दयालको निधन

अखबार हब
२०७८ माघ २०, बिहीबार ०९:१३

एजेन्सी । बलिउड अभिनेता एवं निर्माता अमिताभ दयालको हृदयघातबाट ५१ वर्षको उमेरमा निधन भएको छ। स्वास्थमा समस्या देखिएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएका उनको पछिल्लो १३ दिनदेखि उपचार चलिरहेको थियो। बुधबार बिहान साढे चार बजे हृदयघात भएपछि उनको अस्पतालमै निधन भएको अमर उजालामा प्रकाशित समाचारमा उल्लेख छ।

तीन दिनअघि मात्र अमिताभले सामाजिक सञ्जाल इन्स्टाग्राममा अस्पतालको शय्याबाट एक फोटो शेयर गर्दै आफू छिट्टै निको हुने जनाएका थिए। ‘कहिल्यै हार नमान्नुहोस्, भगवान् तपाईंलाई राम्रो चिज दिनका लागि प्रतीक्षा गरिरहेको हुनेछन् लडिरहनुस्, सबैलाई माया।’ –उनले लेखेका थिए।

फिल्म निर्माता पत्नी मृणालिनी पाटिल तथा छोरीका साथ मुम्बईमा बस्दै आएका अमिताभको अन्य पारिवारिक सदस्य छत्तीसगढमा बस्ने भएकाले पारिवारिक सदस्य मुम्बई पुगेपछि मात्र अन्तिम संस्कार गरिएको थियो। उनले कागार स् लाइफ अन द एज, रंगदारी, विरुद्ध, धुँवा जस्ता फिल्ममा अभिनय गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*